सोनु सुदको ‘फतेह’को ट्रेलर सार्वजनिक
वि.सं.२०८१ पुस ११ बिहीवार ११:५१
1.49K
shares

काठमाडौँ । बलिउड अभिनेता सोनु सुद स्टारर फिल्म ‘फतेह’को ट्रेलर सार्वजनिक भएको छ । जि–स्टुडियोज युट्युब च्यानलमार्फत फिल्मको एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको हो ।
फिल्मको कथा साइबर क्राइममा आधारीत रहेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा सोनुको एक्सन अवतार देख्न सकिन्छ ।
सोनु सुदले नै निर्देशन गरेको फिल्ममा सोनुको साथामा ज्याकलीन फर्नाडिंसको पनि मुख्य भूमिका छ। साथै फिल्ममा नसीरूद्दीन शाह र विजय राजको पनि अभिनय छ। फिल्म १० जनावरीमा रिलिज हुनेछ।
वि.सं.२०८१ पुस ११ बिहीवार ११:५१
1.49K
shares












