‘उनको स्विटर’को ‘मखमली’ गीत सार्वजनिक

980 shares

काठमाडौँ । विपिन कार्की र मिरुना मगर अभिनित चलचित्र ‘उनको स्विटर’को ‘मखमली’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार आर्टमान्डुको युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

हर्क साउदको शब्द रहेको गीतमा सुजन चापागाँइको संगीत रहेको छ । गीतमा चापागाइँ र सुनिता थेगिमले स्वर दिएका छन् ।

गीतका हर्कले मिठो शब्द रचना गरेका छन् । बुलन्द देखिएको गीतलाई दर्शकले रुचाउन सक्छन् ।

नविन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन र मिरुनाको साथमा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । आर्टमान्डु नेपालले निर्माण गरेको फिल्ममा सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्म बैशाख २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

980 shares