‘रंगी’को दोश्रो पोस्टरमा सलोन डेलीभरी ब्वाय

770 shares

काठमाडौँ । फागुन २ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘रंगी’को दोश्रो पोस्टर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता सलोन बस्नेत डेलीभरी ब्वाय बनेका छन् । खुसी मुद्रामा देखिएका उनले फुडमाण्डुको झोला बोकेका छन् । उनको झोलामा आयुषी ढकाल छिन् । सलोन र आयुषी खुसी देखिएका छन् भने नम्रता श्रेष्ठ लजालु भावमा उभिएकी छन् । सलोन नै प्रस्तुतकर्ता रहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् । फिल्मले बाबुछोरीको कथा भन्नेछ । फिल्मलाई सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।  फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । यहि फिल्मबाट ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठको डेब्यू गर्दैछिन् ।

सुमन गजमेरको लेखन रहेको फिल्ममा सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

770 shares