ओलीको चाकरी नगर्दा भीम रावल एमालेबाट निकालिए : घनश्याम भुसाल

वि.सं.२०८१ पुस १३ शनिवार १०:४६

काठमाडौँ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेमा केपी शर्मा ओलीको चाकरी नगर्दा भीम रावल निकालिएको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीको चाकरी गर्न नजान्दा रावल निकालिएको बताएका हुन् ।
भुसालले भनेका छन्, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ । उनले थप्दै भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चाकरी गर्छ ।’
चाकरी गर्नेलाई मात्रै ओलीले मित्र ठान्ने गरेपनि सबै एमाले चाकर नभएको उनको भनाई थियो । यस्तोमा पत्रकारले भीम रावललाई के भन्नुहुन्छ भन्ने प्रश्नमा भुसालले आफ्नो पार्टीमा आउन आह्वान पनि गरे । यदि हाम्रो पार्टीमा नआउँदा पनि राम्रो पार्टीमा जान उनले आग्रह गरे ।
भुसालले नेपालमा धेरै पार्टी भएर विग्रेको कुरा नकार्दै राम्रो पार्टी नभएकोमा गुनासो व्यक्त गरे ।

वि.सं.२०८१ पुस १३ शनिवार १०:४६