‘कार्साङ’को गीत ‘सात भन्ज्यांग’ सार्वजनिक

609 shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘कार्साङ’को ‘सात भन्ज्यांग’ गीत सार्वजनिक भएको छ । शनिबार फिल्मको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

केहि दिन अगाडि मात्र छायांकन गरिएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र सिर्जना निङ्लेकुलाई देख्न सकिन्छ । गीतमा डिपी खनालको शब्द रचना रहेको छ । गीतको संगीत एसडी योगीले दिएका छन् । गीतमा योगी र रेश्मा पुनको स्वर रहेको छ ।

लामाको कोरियोग्राफी रहेको गीतमा दया र सिर्जनाले ठुम्का लगाएका छन् । शेर्पा समुदायको कथामा बनेको फिल्ममा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन् भने सह निर्माता गोविन्द बोहरा हुन् । फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । फिल्म पौष २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

609 shares