‘सिकन्दर’ को टिजरमा सलमानको एक्सन अवतार

854 shares

काठमाडौँ । बलिउडका भाइजान सलमान खान स्टारर फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ । शनिबार फिल्मको टिजर सार्वजनिक भएको हो ।

सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ । शुक्रबार खानको जन्मदिनमा टिजर सार्वजनिक गर्ने भनिएपनि भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण शनिबार रिलिज गरिएको हो ।

टिजरमा उनको गनसट फाइट देख्न सकिन्छ । भिलेनहरुको अनुहार देखाइएको छैन । उनिहरु मुकुन्डो लगाएर मूर्ति बनेर बसेका छन् । टिजर दमदार देखिएको छ ।

सलमानलाई दमदार कमब्याक फिल्मको खाँचो छ । उनका फिल्मले पछिल्ला दिनमा राम्रो गर्न नसकिरहेको बेला ‘सिकन्दर’मार्फत दमदार कमब्याक गर्ने अनुमान गरिएको छ । यस्तोमा उनले ए.आर. मुर्गुदाससँग काम गरेका हुन् । उनि तिनै निर्देशक हुन् जसले ‘गजनी’ बनाए । बलिउडकै पहिलो सय करोड क्लबमा प्रवेश गर्ने फिल्म ‘गजनी’ मुर्गुदासले नै बनाएका हुन् ।

फिल्ममा सलमानको जोडि रश्मिका मण्दानासँग गाँसीएको छ । रश्मिका र सलमानले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । सदाझै सलमानको फिल्म यो वर्षको इदमा प्रदर्शनमा आउनेछ । गत वर्षको इदमा उनको फिल्म नआउँदा शुभचिन्तकले निराशा व्यक्त गरेका थिए ।

साजिद नाडियाडवालाले निर्माण गरिको फिल्ममा सलमान र रश्मिकासहित सुनील शेट्टी, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी, प्रतीक बब्बर लगायतको पनि अभिनय रहेको छ ।

 

854 shares