‘रंगी’ को टिजर : छोरीको खुसीका लागि बाबुको संघर्ष

वि.सं.२०८१ पुस १५ सोमवार १०:०१
637
shares

काठमाडौँ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । सोमबार फिल्मको १ मिनेट ३५ सेकेन्डको टिजर सार्वजनिक भएको हो ।
सार्वजनिक टिजरमा बाबु सलोन बस्नेतको प्रेम र संघर्षलाई देखाइएको छ । उनको छोरीको भुमिकामा आयुषी ढकाल छिन् । छोरीको खुसीका लागि बाबुले गर्ने संघर्षको वरिपरि टिजर घुमेको छ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशनमा बनेको फिल्ममा सलोन, र आयुषीको साथमा नम्रता श्रेष्ठ दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी फागुन २ गतेबाट प्रर्दशनमा आउनेछ । फिल्म सलोनको डेब्यू निर्माण हो ।

वि.सं.२०८१ पुस १५ सोमवार १०:०१
637
shares