प्रदीपको ‘एक्टर’ माघ १६ गते रिलिज हुने

वि.सं.२०८१ पुस १५ सोमवार ११:२६

काठमाडौँ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर: टेक वान’ माघ १६ गते प्रदर्शनमा आउने भएको छ । यसअगाडि तिहारको अवसरमा प्रदर्शनमा आउने भनिएपनि फिल्म पोष्टपोण्ड भएको थियो ।
निर्माण टिमले फिल्मको दुई नयाँ पोस्टर र मोशन पोस्टर पनि सार्वजनिक गरेको छ । एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ ।
यसअगाडि पनि फिल्मको धेरै नै पोस्टरहरु सार्वजनिक भइसकेका छन् । कतिलाई दर्शकले ठिकै भनेका छन् भने कतिलाई नराम्रो । मिश्रीत प्रतिक्रिया पाइरहेको नयाँ पोस्टलाई दर्शकले कतिको मन पराउलान् हेर्न बाँकी नै छ ।
आकाश बराल र राजन भुसालको लेखन रहेको फिल्मलाई भुसालले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, आना शर्मा, राजबल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई अदृत फिल्म्स् र मोती फिल्मले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मका निर्माता थमन कुमार भण्डारी र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

वि.सं.२०८१ पुस १५ सोमवार ११:२६