प्रियंकाको ‘ममी’को टिजर सार्वजनिक

651 shares

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘ममी’को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत हरर फ्यामिली ड्रामाको १ मिनेट ३८ सेकेन्डको टिजर सार्वजनिक भएको हो ।

टिजरमा परिवारको प्रिय कुकुरको निधन पश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको छ । समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको फिल्मलाई समर निरौला निर्देशन गरेका हुन् ।

फिल्ममा प्रियङ्का कार्की, दिया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म माघ २५ गते बाट प्रदर्शनमा आउनेछ ।

 

651 shares