बुद्धीको ‘कुस्ती’मा धीरज र मिरुना

वि.सं.२०८१ पुस १५ सोमवार १३:३९
581
shares

काठमाडौँ । कलाकार बुद्धी तामाङको निर्माणको ‘कुस्ती’ बन्ने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर र मिरुना मगर प्रस्तुत छन् । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन्
अनिल योञ्जनको लेखन तथा निर्देशन रहने फिल्ममा धीरज, मिरुनाको साथमा बुद्धी तामाङको पनि अभिनय रहनेछ । फिल्ममा दुई प्रेमीको मिठो प्रेम कथा देखाइने जनाइएको छ ।
फिल्मलाई अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा निर्माण गरिनेछ । फिल्म आगामी वर्षको भाद्रमा प्रदर्शनमा आउनेछ ।

वि.सं.२०८१ पुस १५ सोमवार १३:३९
581
shares