‘मायावी’को रोमान्टिक गीत ‘त्यो माया हो’ सार्वजनिक

896 shares

काठमाडौँ । दीवाकर भट्टराइको निर्देशनमा बनेको चलचित्र ‘मायावी’को पहिलो गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्मको ‘त्यो माया हो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत रहेको छ । गीतमा योगी र सदीक्षा कट्टेलले स्वर दिएका छन् ।

रोमान्टिक भावको गीतमा फिल्मका मुख्य कलाकार पल शाह र दीपिका प्रसाइँ फिचर्ड छन् । भिडियोमा पल र दीपिका रोमान्टिक देखिएका छन् ।

आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन चलचित्रमा निर्देशक भट्टराइकै लेखन रहेको छ । फिल्ममा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अन्शु महर्जन, रवि डंगोल, राम प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली भने सह–निर्माताको रुपमा छन् ।

 

896 shares