एमालेको सिंगो ध्यान ८४ को निर्वाचनमा : महासचिव पोखरेल

वि.सं.२०८१ पुस १७ बुधवार ०९:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटी द्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए ।
एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनले स्पष्ट पारे । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनले दावि थियो । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।
सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले बताए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने उनले भने । अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ’।

वि.सं.२०८१ पुस १७ बुधवार ०९:०४