सबै चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्न शक्तिशाली समिति बनाऔँ : काँग्रेस नेता केसी

वि.सं.२०८१ पुस १९ शुक्रवार ०५:२५
406
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि शक्तिशाली समिति गठन गर्नुपर्ने तर्क राखेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा केसीले पूर्वप्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका हुन् ।
दलका नेताले रोजेको व्यक्ति हैन निश्पक्षा व्यक्तिको नेतृत्वमा ३ देखि ५ जनाको शक्तिशाली समिती बनाउन उनले माग गरेका छन् । यो समय वा त्यो समय नभनी तत्कालका लागि चर्चित सबै भ्रष्टाचार काण्ड छानबिन गर्नुपर्ने उनको राय थियो ।
जनतामा नेताहरुले ५ सय र एक हजारका नोट खाल्डोमा हालेर राखेको भनि भ्रम छरिएको छ । यसका लागि सबैभन्दा पहिला ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको तर्क थियो ।

वि.सं.२०८१ पुस १९ शुक्रवार ०५:२५
406
shares