‘एक्टर’को ‘के भरोसा गरौँ’ गीत सार्वजनिक

735 shares

काठमाडौँ । प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर :टेक वन’को ‘के भरोसा गरौँ’ गीत सार्वजनिक भएको छ । शनिबार ओएसआर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा उर्मिला गुरुङको शब्द रहेको छ भने हर्कुलेश बस्नेतको संगीत । गीतमा बस्नेत र इन्दिरा जोशिको स्वर रहेको छ । भिडियोमा फिल्मका तीन मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी प्रस्तुत छन् ।

आकाश बराल र राजन भुसालको लेखन रहेको फिल्मलाई भुसालले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, आना शर्मा, राजबल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई अदृत फिल्म्स् र मोती फिल्मले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मका निर्माता थमन कुमार भण्डारी र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

फिल्म माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

 

735 shares