‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशकले ‘कोशेढुंगा’ बनाउने

511 shares

काठमाडौँ । नेपालकै इतिहासमा सर्बाधिक कमाई गर्न सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ चलचित्र घोषणा गरेका छन् । आइतबार एक पोस्टर सार्वजनिक गर्दै पौडेलले नयाँ चलचित्र ‘कोशेढुंगा’ को घोषणा गरेका हुन् ।

सार्वजनिक पोस्तरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । गाउँको पृष्ठभूमि छ ।

पौडेलकै निर्देशन रहने चलचित्र २०८२ मा प्रदर्शनमा आउनेछ । फिल्मलाई नरदेवी फिल्मसको प्रस्तुतिमा निर्माण गरिनेछ । चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

511 shares