साहिद र पूजाको ‘देवा’को टिजर सार्वजनिक

567 shares

काठमाडौँ । बलिउड अभिनेता साहिद कपूर स्टारर फिल्म ‘देवा’को टिजर सार्वजनिक भएको छ । आइतबार ५२ सेकेन्डको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा साहिदको एक्सन अवतार देख्न सकिन्छ । टिजरमा कुनै संवाद राखिएको छैन । नृत्य गर्दै विभिन्न भावमा उनि देखिएका छन् । शब्द भन्दा धेरै एक्सन बोल्छ भनिएको टिजर दमदार देखिएको छ ।

रोशन एन्ड्रयुको निर्देशनमा बनेको फिल्ममा साहिदको साथमा पूजा हेग्डे, पावेल गुलाटी, प्रवेश राना लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म ३१ जनावरीबाट प्रदर्शनमा आउनेछ ।

 

567 shares