‘ममी’को ‘म त यसै नक्कली’ गीतमा प्रियंका र दीयाको ठुम्का

वि.सं.२०८१ पुस २२ सोमवार १०:५७

काठमाडौँ । हरर फिल्म ‘ममी’को ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।
हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत रहेको छ । गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की र दीया मास्केले ठुम्का लगाएका छ । भिडियो दमदार देखिएको छ ।
पूर्णिमा जोशी र समर निरौलाको लेखन रहेको फिल्मलाई समरले नै निर्देशन गरेका छन् । फिल्ममा प्रियंका र दीयाको साथमा सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, घनश्याम जोशी लगायतका कलाकारहरुको अभिनय छ ।
लोकराज जोशी, पूर्णिमा जोशीको लगानी रहेको फिल्ममा सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् । फिल्म माघ २५ गतेबाट प्रदर्शनमा आउनेछ ।

वि.सं.२०८१ पुस २२ सोमवार १०:५७