‘कार्साङ’लाई प्रिमियरमा कस्तो प्रतिक्रिया ?

वि.सं.२०८१ पुस २५ बिहीवार ०९:०९
546
shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘कार्साङ’को प्रिमियर सम्बन्न भएको छ । बुधबार काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा फिल्मको प्रिमियर गरिएको हो ।
प्रिमियरमा चलचित्रकर्मी, पत्रकारको उल्लेख्य उपस्थिति थियो । फिल्म हेर्ने अधिकांशले शेर्पा समुदायलाई नजिकबाट चिन्न ‘कार्साङ’ले मद्दत गरेको बताएका थिए ।
प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, दीपाश्री निरौला, दीपेन्द्र के खनाल, अशोक शर्मा, केदार घिमिरे, किरण केसी, अनुप बराल, मनिष राउत, गायक कमल खत्री, गायिका मेलिना मैनाली लगायत हल पुगेका थिए ।
फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, श्रृष्टी गौतम लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ पुस २५ बिहीवार ०९:०९
546
shares