‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

525 shares

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ । गीतमा प्रकाश र शान्ति श्री परियारले स्वर दिएका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्रीलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । भिडियोको कोरियोग्राफी सुन्दर देखिएको छ ।

गलबन्दी प्रोडक्सनको व्यानरमा बनेको फिल्ममा प्रकाशकै कथा रहेको छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोराको लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्।

फिल्म चैत २२ गतेबाट रिलिज हुनेछ।

 

525 shares