‘रंगी’को ‘छ भने माया’ गीत सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार १२:०३

काठमाडौँ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को ‘छ भने माया’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम गर्दै फिल्मको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । गीतमा आनन्द कार्की र सुजता केसीको स्वर रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, दिलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल, विशाल पहारी, उत्तम केसी लगायतका कलाकार प्रस्तुत छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । लोक भाकामा तयार भएको गीतमा कलाकारले ठुम्का लगाएका छन् ।
फिल्म सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको हो । फिल्ममा करिश्मा केसी बस्नेत, सक्षम सुवेदी र अनिष गौतमको लगानी छ ।
फिल्म फागुन २ गतेबाट प्रदर्शनमा आउनेछ ।

वि.सं.२०८१ पुस २८ आइतवार १२:०३