सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८१ पुस २९ सोमवार ०६:४४
1.17K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । साताको दोश्रो कारोबार सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेको हो ।
आइतबार तोलाको १ हजार ६ सय रुपैँया बढेको सुनको मुल्य सोमबार पनि बढेपछि प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार स्थिर रहेको छ ।
वि.सं.२०८१ पुस २९ सोमवार ०६:४४
1.17K
shares









