‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’ गीत सार्वजनिक

वि.सं.२०८१ माघ ३ बिहीवार १२:२८

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत फिल्मको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गायनमा उनलाई मेलिना राइले साथ दिएकी छन् । दोहोरी फ्लेवरको गीतमा दयाहाङ राई र मिरुना मगरले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी भिडियोमा रहेको छ ।
फिल्मले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापोको कथा भन्द । फिल्ममा उनको बाल्यकालदेखि सफल खेलाडीसम्मको कथा देखाइने जनाइएको छ । फिल्ममा एञ्जिलाको मुख्य भूमिका रहेको छ । उनको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।

वि.सं.२०८१ माघ ३ बिहीवार १२:२८