‘माइतीघर’मा धिरज मगरको इन्ट्री

504 shares

काठमाडौँ । निर्माता रोहित अधिकारीको नयाँ चलचित्र ‘माइतीघर’को लाइनअप पुरा भएको छ । फिल्ममा अभिनेता धिरज मगर अनुबन्धित भएसँगै लाइनअप पुरा भएको हो ।

अधिकारीले धिरजसँग कागजी सम्झौता गरिसकेका छन् । यसअगाडि फिल्ममा केदार घिमिरे र प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुबन्धित भइसकेका छन् ।

आगामी वर्षको दशैँमा प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको छायांकन चाँडै नै सुरु गरिने जनाइएको छ । चन्द्रकुमार दोङको कथा रहने फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन् ।

504 shares