‘एक्टर: टेक वान’ दर्शकका लागि नयाँ स्वादको कोशेली (प्रि–समीक्षा)

एक्टर टेक वान नेपाली फिल्म उद्योगमा एउटा नयाँ धार बोकेको फिल्म हो। यसले कलाकारको संघर्ष र मनोरञ्जन उद्योगको चुनौतीबारे व्यापक चर्चा गरेको छ ।

448 shares

प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टारर एक्सन(थ्रिलर फिल्म ‘एक्टर टेक वान’ बहुप्रतिक्षित चलचित्र कस्तो बनेको छ ? यो सबैको चासोको विषय हो । हामीले हल टेस्ट सम्पन्न गरेका छौं । चलचित्र माघ १६ गते देश तथा विदेशका चलचित्र घरहरुमा लाग्दैछ । प्रि(टेस्टको मेरो नजरमा एक्टर वानको प्रि–समीक्षा यसरी गरेको छु ।

कथा संक्षेप

एक्टर टेक वान नेपाली फिल्म क्षेत्रको लागी नयाँ स्वाद हो, यो बिल्कुलै फरक परिवेश र कथामा आधारित भै बनेको फिल्मले विशेषतः नयाँ पुस्ताका सपना, संघर्षको कथालाई पर्दामा उतारेको छ। चलचित्रको केन्द्रमा एक साधारण युवकको संघर्षपूर्ण यात्रा छ, जसले आफ्नो पहिचान बनाउन गरेको अनवरत प्रयासलाई मुख्य कथावस्तु बनाएको छ।

कथा र पटकथा फिल्मको कथा सरल छ तर प्रेरणादायी छ। मुख्य पात्रले भोगेका संघर्ष, चुनौती, र सपनालाई साकार पार्ने इमान्दार प्रयासलाई फिल्ममा कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा देखाइएको छ। पहिलो हाफले फिल्मको कथालाई विकास गर्न मनोवैज्ञानिक तरिकाले दर्शकलाई तान्छ, भने दोस्रो हाफले त दर्शकलाई अन्तिमसम्म पनि बाँधेर राख्न सफल छ । कथालाई यसरी उत्कृष्टता दिईएको छ की राती एकबजे फिल्म हेर्दा पनि आँखाले आराम गर्न खाजेनन त्यति मजाले फिल्म हेर्न सकिन्छ । यो भन्दै गर्दा निर्देशक, कलाकार र टिमको आत्माविश्वासलाई सलुट गर्न चाहन्छु ।

अभिनय
फिल्मका मुख्य पात्रहरूको अभिनय दमदार र प्रभावशाली छ। मल्टीस्टार प्रदीप खड्काको फरक शैलीको अभिनयले फिल्मलाई नयाँ उचाइ दिएको छ। आना र नयाँ कलाकार दिव्याले पनि उत्कृष्ट कामको प्रदर्शन गरेका छन्। वरिष्ठ अभिनेता सरोज खनालले बोलेको एउटा संवादले फिल्मलाई अन्त्यसम्म धेरै माथी उठाईदिएको छ। प्रदीप खड्काको कुशल अभिनयले दर्शकलाई भावनात्मक रुपमा मन छुन सफल हुने देखिन्छ। सहायक पात्रहरूको भूमिकाले फिल्मलाई थप निखारता ल्याईदिएको छ।

निर्देशन
नव निर्देशकले फिल्मलाई कुशलतापूर्वक निर्देशन गरेका छन्। उनको निर्देशकिय क्षमता, प्रस्तुति, सिनेमाटोग्राफी र कथाको प्रस्तुतीकरण प्रभावशाली देखिन्छ। यो चलचित्रको निर्देशनले नेपाली फिल्म क्षेत्रले एक अब्बल निर्देशक पाएको प्रमाणित गर्दछ।

संगीत र ब्यागग्राउन्ड स्कोर
फिल्मको संगीतले कथा र भावनालाई जोडदै जीवन्त बनाएको छ। गीतहरू कथा अनुसारै सान्दर्भिक छन्, जबरजस्ती दर्शक झुक्काउनका लागी गीतसंगीत बनाईएको छैन । फिल्मको कथाको गति अनुसार ब्यागग्राउन्ड स्कोर दमदार छ ।

प्राविधिक पक्ष
सिनेमाटोग्राफी, सम्पादन, र दृश्य उत्कृष्ट छन् । यो फिल्मले नेपाली फिल्म उद्योगमा प्राविधिक पक्षको विकासलाई प्रतिबिम्बित गरेको छ।

दृष्टिकोण
एक्टर टेक वान नेपाली फिल्म उद्योगमा एउटा नयाँ धार बोकेको फिल्म हो। यसले कलाकारको संघर्ष र मनोरञ्जन उद्योगको चुनौतीबारे व्यापक चर्चा गरेको छ । यो फिल्म विशेषत युवाका लागि प्रेरणाको स्रोत हो, जहाँ संघर्षको कथालाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ।

अन्तमा, एक्टर टेक वान सशक्त कथा, उत्कृष्ट प्रस्तुति, प्रभावशाली अभिनय र प्राविधिक क्षमताले भरिपूर्ण भएको नेपाली फिल्म हो । यो फिल्मले दर्शकलाई मनोरञ्जनका साथै संघर्ष र जीवनका महत्त्वपूर्ण पाठलाई आफनै कथा जस्तै लाग्ने सन्देश समेत प्रदान गर्दछ । यो फिल्म माघ १६ गते दर्शकहरूका लागी नयाँ स्वादको कोशेली हुनेछ ।

राजन भुसाल निर्देशित फिल्मलाई थमन भण्डारीले निर्माण गरेका हुन् । अद्धृत फिल्म्सको प्रस्तुतिमा ‘एक्टर’लाई मोती फिल्मले निर्माण गरेको हो । फिल्ममा सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डेय, बादल भट्ट लगायतको पनि अभिनय छ । निर्देशक भुसालसँग मिलेर आकाश बरालले पटकथा लेखेका हुन् ।

448 shares