‘लाज शरणम्’ : धुर्मुसको पात्रले जगाएको उत्साह

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:२२

काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्कीगोनी’को समूहले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा यो पटक कलाकार सिताराम कट्टेल धुर्मुसले स्थान पाएका छन् ।
उनको पात्रको पोस्टरको चर्चा ह्वात्तै चुलिएको छ । उनि पूर्व मन्त्री अफताव आलमको गेटअपमा प्रस्तुत भएका छन् । गेटअप र लुक्स आलमको जस्तै देखिएपछि उनको पात्रको चर्चा चुलिएको हो । फिल्ममा सिताराम नेताको भूमिकामा देखिने पक्का भएको छ ।
आगामि फागुनको १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको पोस्टरमा उनको साथमा मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई पनि प्रस्तुत गरिएको छ ।
कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, रेणु योगी, सागर लम्साल, विजय लामा, माला लिम्बु लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा नविन श्रेष्ठको लगानी छ । फिल्ममा राम नरेश शाह र श्रृजना खड्का सह–निर्माताको रुपमा छन् ।

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:२२