कस्तो रह्यो ‘एक्टर’को प्रिमियर ?

वि.सं.२०८१ माघ १५ मंगलवार ०६:५१

काठमाडौँ । राजन भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टर’को प्रिमियर सम्पन्न भएको छ । सोमबार भक्तपुरमा फिल्मको ग्राण्ड प्रिमियर गरिएको थियो ।
प्रिमियरमा फिल्मकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो । प्रिमियरमा कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी मुख्य आकर्षणको केन्द्र रहे । उनिहरुको पहिरनले सबैको ध्यान खिचेको थियो ।
बुधबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले ‘एक्टर’ बन्ने सपना बोकेका हरुको कथा भन्छ । फिल्ममा प्रदीप, आना, दिव्याको साथमा राजबल्लभ कोइराला, सुशिल सिटौला, दिव्य देव, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रिमियरमा फिल्मको विषयवस्तु, प्रस्तुति र कलाकारको अभिनयको तारिफ भएको थियो । फिल्ममा आकाश बराल र राजन भुसाल स्क्रिप्ट रहेको छ । थमन कुमार भण्डारीको लगानी रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन भने अनिश भुसाल सह–निर्माता हुन् ।

वि.सं.२०८१ माघ १५ मंगलवार ०६:५१