‘दुखी आत्मा’ को ‘जुनी जुनी भरीलाई’ गीत सार्वजनिक

553 shares

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुःखी आत्मा’को ‘जुनी जुनी भरीलाई’ गीत सार्वजनिक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

ईश्वर कार्कीको शब्द तथा संगीत रहेको गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् । फिल्ममा हिमाल कडरियाको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।

फिल्ममा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

 

 

553 shares