‘भ्वाइस किड्स’को डिजिटल अडिसन खुला

वि.सं.२०८१ माघ १६ बुधवार ०७:२७
350
shares

काठमाडौँ । चर्चित गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला भएको छ । ‘हिमालय रोडिज सिजन ६’ को फिनाले एपिसोडमार्फत ‘भ्वाइस किड्स’को डिजिटल अडिसनको लागि आवेदन खुला भएको घोषणा गरिएको हो ।
हाल ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजन प्रशारण भइरहेको छ । किड्सको चौथो सिजन जेठबाट प्रशारणमा ल्याउने तयारी गरिएको छ ।
६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाले आफ्नो गायन प्रतिभा समेटेर डिजिटल अडिसन दिन सक्ने जनाइएको छ । एक महिनासम्म ९८१०१२४११० नम्बर मोबाइलको ह्वाट्सएपमा आवेदन दिन सकिनेछ ।

वि.सं.२०८१ माघ १६ बुधवार ०७:२७
350
shares