‘लाज शरणम’को टिजर सार्वजनिक

567 shares

काठमाडौँ । फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटलमार्फत फिल्मको टिजर सार्वजनिक भएको हो ।

टिजरमा फिल्मका मुख्य पात्रहरु समावेश गरिएको छ । विदेश जाने तयारीमा रहेको युवक र विदेशबाट आएको कफिनको वरिपरि टिजर घुमेको छ ।

टेलिसिरियल ‘सक्किगो नि’ को समुहले निर्माण गरेको फिल्मको चर्चा सबैतिर छ । फिल्ममा अधिकांश चलेका हास्य कलाकार भएकाले कस्तो फिल्म बन्ला भन्ने चासो सर्वत्र रहेको पाइन्छ ।

कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, रेणु योगी, विजय लामा, माला लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश साह र सृजना खड्का सह–निर्माताको रूपमा छन् ।

 

567 shares