मिले दुई ‘एक्टर’, प्रदीपको ‘एक्टर’ कहिले रिलिज हुन्छ ?

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४४
539
shares

काठमाडौँ । चलचित्र ‘एक्टर’ र ‘एक्टर टेक वन’ को विवाद मिलेको छ । दुई फिल्मका निर्माताबिच नामलाई लिएर चलिरहेको विवादमा सहमति भएको हो ।
आज बिहीबार दुई फिल्मको निर्माण टिमबिच आन्तरिक सहमति जुटेपछि ‘एक्टर : टेक वान’लाई रिलिजको बाटो खुलेको छ । दुवै फिल्मका निर्माताबिच भएको सहमतिअनुसार ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सहमति छ ।
सहमतिपछि आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई निर्माण टिमलेआग्रह गरेका छन् ।

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४४
539
shares