धुरुधुरु रोइन् दिव्या रायमाझी

वि.सं.२०८१ माघ १८ शुक्रवार ०३:४४

काठमाडौँ । अभिनेता दिलिप रायमाझीको छोरी दिव्या रायमाझीको डेब्यु फिल्म नै रिलिजको समयमा विवादमा आयो । अदालतमा मुद्दा परेर फिल्मको रिलिज रोकियो । यसअगाडि पनि उनका फिल्म कुनै बनेनन्, कुनै विवादमा तानिए ।
उनको डेब्यू फिल्म ‘एक्टर टेक वान’को विवादले कलाकार मात्रै हैन निर्माण टिम ठुलो संकटमा पर्यो । नाम विवादमा सहमति गरेपछि एक्टर टेक वानको टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा दिव्या भावुक देखिइन् । बोल्ने क्रममा दिव्याको आँखा रसाएका थिए ।
एउटा छोटो समयका लागि म कहाँ आइपुगेछु भन्ने जस्तो लागेको उनले बताइन् । कति सपना, कति अपेक्षा बोकेर आएको थिएँ । रिलिजको एक दिन अगाडि फिल्म नै रिलिज नहुने भन्ने सुन्दा दुःख लागेको भन्दै भावुक बनिन् दिव्या ।
राजन भुषालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राज बल्लभ कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ माघ १८ शुक्रवार ०३:४४