‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक

वि.सं.२०८१ माघ १८ शुक्रवार ०५:२७

काठमाडौँ । चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार बुढासुब्बा डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा रेश्मा पुन र उकेश रावलले स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम र सिम्रन पन्त प्रस्तुत छन् ।
भिडियोमा प्रवीण सिंहको कोरियोग्राफी रहेको छ । प्रेमिल गीतमा पारस र सिम्रन रोमान्टिक देखिएका छ । फिल्मको यसअगाडि ‘टिक टिक टिक’ बोलको गीत सार्वजनिक भएको थियो ।
सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारस र सिम्रनको साथमा रिहान गिरि, आशिष् घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र समा पराजुली लगायतका कलाकारको अभिनय रहेको छ ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको चलचित्र सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

वि.सं.२०८१ माघ १८ शुक्रवार ०५:२७