एलिना चौहानले हालिन् डिभोर्सको मुद्दा

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:३७
714
shares

काठमाडौं । गायिका एलिना चौहानले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी छन् । उनले पति विष्णु सापकोटाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
चौहान र सापकोटाले गत वैशाख ५ गते विवाह गरेका थिए । दुवैको प्रेम सम्बन्ध देखि नै मिडियामा चर्चा परिचर्चा हुने गरेको थियो । प्रेममा हुँदा पनि ब्रेकअप र प्याचअपका खबरहरु बाहिरिरहेका हुन्थे ।
चौहानले सापकोटाले चरित्रमाथि प्रश्न उठाउँदै शंका गरेको आरोप लगाएकी छन् । आफ्नो कर्मलाई नबुझेको र कार्यक्रममा जाँदा पनि बिचमै फोन गरेर घर फर्की भन्दै मानसिक तनाव दिने गरेको उनले बताएकी छिन् ।
अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका सापकोटा गीतकार समेत हुन् ।

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:३७
714
shares