बालेनले गाएको ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

वि.सं.२०८१ माघ २८ सोमवार १३:३१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘लाज शरणम्’ फिल्मका लागि गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । सोमबार बालेनकै च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो ।
उक्त गीत बालेनले धेरै वर्ष अगाडि नै तयार गरेका थिए । गीतको ओरिजिनल भिडियो भने बनेको थिएन । फिल्म प्रचारका लागि उनको गीतमा भिडियो बनाइएको हो ।
गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ ।
फिल्ममा नवीन श्रेष्ठ, राम नरेश शाह निर्माताका रुपमा छन् भने सृजना खड्का सह निर्माताको रूपमा ।

वि.सं.२०८१ माघ २८ सोमवार १३:३१