‘हर्ष’मा खगेन्द्रको जोडी आँचल

469 shares

काठमाडौँ । स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘हर्ष’मा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मा फाइनल भएका छन् ।

एकताको डेव्यु निर्देशन रहेने फिल्म ई प्राइम म्युजिकको व्यानरमा बन्न लागेको हो । फिल्मका अन्य कलाकार केहि समयमा टुंगीने जनाइएको छ ।

फिल्ममा प्रसन्न पौडेल र विकास पौडेलको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता हिक्मत चोखल हुन् ।

469 shares