कस्तो छ ‘अन्जिला’को टिजर ?

वि.सं.२०८१ माघ २९ मंगलवार ०८:५४
455
shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा बनेको चलचित्र ‘अन्जिला’को टिजर सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
टिजर एन्जिलाको संघर्षको वरिपरि घुमेको छ । मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, एन्जिला सुब्बा, श्रृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, वुद्दि तामाङ, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।
फागुनको २९ गतेबाट प्रदर्शनमा आउने फिल्म प्रेम कुमार श्रेष्ठको लगानीमा तयार भएको हो ।

वि.सं.२०८१ माघ २९ मंगलवार ०८:५४
455
shares