‘वसन्त’को टिजर : प्रकाशले लेखे स्वस्तिमाका लागि ‘मिलनको कविता’

420 shares

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको टिजर सार्वजनिक भएको हो ।

टिजरमा प्रकाशले मिलनको कविता सुनाएका छन् । उनले स्वस्तिमाका लागि कविता वाचन गरेका हुन् । टिजरमा फिल्मका मुख्य पात्रहरु स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन प्रकाशको कविता सुनिरहेको देखाइएको छ ।

फिल्मको यसअगाडि ‘साँझ पर्यो झमक्क’ गीत सार्वजनिक भएको थियो । फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

 

 

420 shares