‘रंगी’को प्रिमियर : कथा र अभिनयले भावुक बनायो

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:४१
553
shares

काठमाडौँ । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रंगी’को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँमा फिल्मको भव्य प्रिमियर गरिएको हो ।
प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारको राम्रै उपस्थिति थियो । फिल्म हेर्ने अधिकांश भावुक बनेका थिए । फिल्मको कथावस्तु र अभिनयले भावुक बनाएको सबैले बताएका थिए । बाबु छोरीको सम्बन्धको कथामा बनेको फिल्मले दर्शकको मन जित्ने अधिकांशले प्रतिक्रिया दिएका थिए ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुशी ढकाल, दिलीप रायमाझी, मलिका महत लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:४१
553
shares