‘अखिल साहित्यिक सन्ध्या’ को शुभारम्भ

952 shares

काठमाडौं । अनेरास्ववियु साँस्कृतिक राष्ट्रिय समन्वय कमिटीले माघ ३० गतेबाट ‘अखिल साहित्यिक सन्ध्या’को सुरुवात गरेको छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालको प्रमुख आथित्यतामा सम्पन्न सुभारम्भ कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले स्थायी कमिटी सदस्य तथा साहित्य ,कला तथा संस्कृति विभाग प्रमुख रघुजी पन्त रहेका थिए । साहित्यिक सन्ध्या हरेक महिनाको अन्तिम शुक्रबार गरिने कमिटीका अध्यक्ष चक्र चनराले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडालले विद्धार्थीमा भएका साहित्यिक प्रतिभालाइ कार्यक्रमले सहजता प्रदान गर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख वक्ता पन्तले साहित्य सिमित नहुने र साहित्यका लागि गहिरो अध्ययन आवश्यक रहेको बताए ।

कार्यक्रमले प्रगतिशील आन्दोलन र अनेरास्ववियुको लक्ष्य उद्देश्य र नीति कार्यक्रम हाम्रो पार्टीले लिएको लक्ष्य र पार्टीको सिद्धान्त जबजलाई कला साहित्य र संस्कृतिको माध्यमबाट जनता सामु लैजाने अध्यक्ष चनराले विश्वास व्यक्त गरे ।

कार्यक्रममा अनेरास्ववियु उपाध्यक्ष गोविन्द गरि, महासचिव नरेश रोकाया, सचिव दिपक धामी लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार तथा विभिन्न कमिटीमा आवद्ध नेताहरूले विभिन्न साहित्यहरू प्रस्तुत गरेका थिए ।

952 shares