‘बलिदान’को छायांकन चार महिनामा सकियो

वि.सं.२०८१ फागुन ३ शनिवार १३:२८

काठमाडौँ । फिल्म मेकर सन्तोष सेनको महत्वकांक्षी प्रोजेक्ट ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । शुक्रबार मोरङको हसिना सिमसारस्थित बूढासुब्बा मैदानमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो ।
निर्माण घोषणासँग चर्चा चुलिएको फिल्म ठुलो खर्च लगाएर बनाइएको हो । फिल्मका कलाकार, प्राविधिकको छनोटका कारण पनि फिल्मको चर्चा छ ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, समिर भट्ट, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । गायक सुजन चापागाँई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले यो फिल्मको गीत, संगीत तथा व्याकग्राउन्ड म्युजिकमा काम गरिरहेको छ ।
आसुसेन फिल्मस् प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी छ । प्रेम पुरी फिल्मका सह–निर्माता हुन् ।

वि.सं.२०८१ फागुन ३ शनिवार १३:२८