‘मन विनाको धन’को छायांकन सुरु

434 shares

काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’को शुभसाइत गरिएको छ । शुक्रबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो ।

शुभसाइतमा कलाकार सरोज खनालले क्ल्याप हानेका थिए । टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा बाल–कलाकार अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, उत्सव सापकोटा, एआर वुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

शुक्रबारबाटै छायांकन शुरु भएको फिल्मको कथा टंकको नै रहेको छ । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । फिल्ममा विष्णु माया मैनालीको लगानी रहनेछ भने जीपी संग्रौला, लक्ष्मी गिरी, विवेक नेपाल, विजया पाण्डे सह–निर्माताका रुपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता मिनु शर्मा हुन्।

 

434 shares