‘कार्की साइँला’ नाममा फिल्म बन्ने

वि.सं.२०८१ फागुन ३ शनिवार १३:३७
378
shares

काठमाडौँ । ‘कार्की साइँला’ शिर्षक रहेको चलचित्र निर्माणको घोषणा गरिएको छ । शुक्रबार कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो ।
राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई देखाइएको छ ।
फिल्मका निर्माता बालकुमार राई र श्याम मगर रहेका छन् । फिल्ममा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ ।

वि.सं.२०८१ फागुन ३ शनिवार १३:३७
378
shares