आनालाइ ‘एक्टर’ले पनि दिएन राहत

588 shares

काठमाडौँ । अभिनेत्री आना शर्मा सम्भावना बोकेकी कलाकार हुन् । उनले २०१४ मा ‘जेरी’ फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । त्यसको ३ वर्षपछि ‘ग्याङस्टार ब्लुज’मा काम गरिन् । त्यसपछि उनि हराइन् चलचित्रबाट ।

लामो समयपछि उनि चलचित्र ‘एक्टर टेक वान’बाट ठुलो पर्दामा फर्किइन् । उनको दमदार कमब्याक हुने अपेक्षा गरिएको थियो । तर सोचेजस्तो भएन । फिल्म सुपरफ्लप भयो । प्रदीप खड्का जस्ता स्टार कलाकार हुँदा पनि फिल्मले पानी भन्न पाएन ।

फिल्म फ्लप हुँदा कलाकारको करियरमा नै असर गर्छ । १० वर्षे करियरमा तीनवटा फिल्म गरेकी आनाको करियरले कस्तो मोड ले ला भन्न सकिने अवस्था छैन ।

पछिल्लो समय उनि सुशान्त केसीको गीतहरुमा देखिने गरेकी छिन् । सुशान्तसँगको प्रेमसम्बन्धको हल्लाहरुपनि बजारमा छरपस्ट छन् । तर, उनको फिल्मी करियर ?

उनको डेव्यु हिट फिल्म जेरीको सिक्वेलमा पनि विवाद हुँदा उनि बाहिरिन पुगिन् । यस्तोमा आनालाई एउटा दमदार फिल्मको खाँचो देखिएको छ ।

588 shares