यस्तो बन्यो ‘फेरि रेशम फिलिली’को ट्रेलर (भिडियो)

504 shares

काठमाडौँ । फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको रमाइलो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अमेरिका जाने सपना बोकेको एक यूवकको कथा देखाइएको छ । सोहि सपनाकै वरिपरि घुमेको कथालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

रौनक विक्रम कँडेलको लगानीमा तयार भएको फिल्ममा निरोज महर्जनको निर्देशन छ । फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छन् ।

 

 

504 shares