‘तीनतारा’को छायाङ्कन सकियो

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:१५
413
shares

काठमाडौँ । जीवन दाहालको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘तीनतारा’को छायाङ्कन सम्पन्न भएको छ । फिल्मको मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो ।
फिल्ममा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन र सम्बन्ध परिवर्तनको कथा देखाइने छ । फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक दाहाल आफैँले लेखेका हुन् । फिल्ममा फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । फिल्म माउन्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:१५
413
shares