‘कल्ली’को छायांकन सुरु

वि.सं.२०८१ फागुन १२ सोमवार ११:३२

काठमाडौँ । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । आइतबार बौद्धस्थित एक घरबाट फिल्मको छायांकन सुरु गरिएको हो ।
३५ दिनको सेड्युल रहेको फिल्मको छायांकन काठमाडौँ र जुम्लामा हुनेछ । आइतबार नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

वि.सं.२०८१ फागुन १२ सोमवार ११:३२