‘माग्ने बुढाको ‘माग्ने राजा’ तीजमा आउने

455 shares

काठमाडौँ । केदार घिमिेर (माग्ने बुढा) को मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को प्रदर्शन मिति तय भएको छ । सोमबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेका हुन् ।

फिल्मको छायांकन सुरु भएको छैन । उनको माग्ने राजा तीजको अवसरमा भदौ १२ गतेबाट प्रदर्शनमा आउने छ । सो मितिमा हालसम्म अर्को कुनै चलचित्रले प्रदर्शन मिति तोकेका छैनन ।

ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रकोभोलि महाशिवरात्रिबाट छायांकन सुरु हुँदैछ । फिल्ममा केदारको साथमा आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ, मिस पबी लगायतका कलाकारको अभिनय रहनेछ ।

आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले फिल्मको निर्माण गर्नेछन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने सामीप्यराज तिमल्सेनाको पटकथा लेखन छ ।

455 shares