फागुन २२ मा अस्मिता र महेशका विहे

वि.सं.२०८१ फागुन १४ बुधवार ०४:२४
469
shares

काठमाडौं । पछिल्लो समयका चर्चित गायक गायिका हुन् महेश काफ्ले र अस्मिता अधिकारी । दर्शकमाझ लोकप्रिय दुई कलाकारले गत असारमा दुबईमा इन्गेजमेन्ट गरेका थिए ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुले विवाह गर्ने भएका छन् । उनिहरुले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् ।
काठमाडौंमा विवाह समारोह आयोजना हुने जनाइएको छ । प्रेम सम्बन्धको चर्चालाई दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए ।
सामाजिक सञ्जालमार्फत् फोटो सेयर गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको बताएका थिए ।

वि.सं.२०८१ फागुन १४ बुधवार ०४:२४
469
shares