समीर भट्टको ‘बलिदान’ दशैँको फूलपातिमा

427 shares

काठमाडौँ । निर्माता तथा निर्देशक सन्तोष सेनको महत्वकांक्षी प्रोजेक्ट ‘बलिदान’को प्रदर्शन मिति तय भएको छ । केहि दिन अगाडि छायांकन सकिएको फिल्म दशैँको फूलपातिमा प्रदर्शन हुने जनाइएको छ ।

४ महिना लगाएर फिल्मको छायांकन गरिएको थियो । एक्सन ड्रामा फिल्ममा समिर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ ।

‘१२ गाउँ’बाट चर्चा कमाएका समिरको बलिदानबाट ठुलै अपेक्षा गरिएको छ । फिल्ममा दक्षिण भारतीय स्टन्डर सामको एक्सन कोरियोग्राफी गरेका छन् । फिल्ममा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी सहनिर्मातामा छन् ।

427 shares