विक्कीको ‘छावा’ सर्वाधिक कमाउने १० हिन्दी फिल्मको सूचीमा

1.42K shares

काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल स्टारर फिल्म ‘छावा’ले बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्म ३ सय करोड क्लबमा प्रवेश गरिसकेको छ ।

हिन्दी संस्करणमा सर्वाधिक कमाई गर्ने फिल्मको पहिलो नम्बरमा ‘पुष्पा २’ छ । फिल्मले ८३० करोड भारु कमाएको थियो । दोश्रो नम्बरमा रहेको ‘जवान’ले ६४३ करोड भारु, तेस्रो स्थानमा रहेको ‘स्त्री २’ले ६२७ करोड भारु, ‘एनिमल’ले ५५६ करोड भारु, ‘पठान’ले ५४३ करोड भारु, ‘गदर २’ले ५२५ करोड भारु, ‘बाहुबली २’ले ५१० करोड भारु, ‘केजीएफ २’ले ४३४ करोड भारु र ‘दंगल’ले ३८७ करोड भारु कमाएका छन् ।

दशौं स्थानमा रहेको ‘छावा’ले ३५३ करोड भारु कमाएको छ । फिल्म सन् २०२५ मा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

1.42K shares